पोखरा महानगर प्रमुख आचार्य मेयरक सय दिनमा सय काम
मिन बहादुर कुँवर /कास्की, भाद्र १८,
मुलुकमा पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो दिन पार गरेका छन्। महानगरपालिकाका प्रमुख धनराज आचार्यसहितको जनप्रतिनिधिहरुले शनिबार एक सय दिन पार गरेको हो। गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्। गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्। सय पार गरेको अवसरमा प्रमुख आचार्यले एक सय दिनको उपलब्धि सार्वजनिक गरे। उनले ‘सय दिनमा सय काम’ गरेको भन्दै प्राप्त उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। काठमाडौँ र धरानका मेयरले एकपछि अर्को राम्रो काम गरिरहेको तर पोखराका मेयर सुतिरहेको भन्दै आलोचना भइरहँदा मेयर आचार्यले भने आफ्नोसय दिनको उपलब्धिपूर्ण भएको दाबी गरे। उनले एक सय दिनको उपलब्धिमा उनले नीजि क्षेत्रको साझेदारीमा सञ्चालनमा ल्याइएको सार्वजनिक शौचालय, पोखरा महानगरपालिकाले दिने सेवामा एकद्वार नीति, जनगुनासो सुन्न सञ्चालन गरिएको हेल्लो मेयर कार्यक्रमदेखि फोहोरमैला व्यवस्थापनका लागि अन्य ठाउँको स्थलगत अवलोकनमा गएको विषयलाई समेत उपलब्धिका रुपमा राखेका छन्। उज्यालो पोखरा कार्यक्रम अन्र्तगत नेपाल विद्युत् प्राधिकरण र पोखरा महागनरको ५०/५० प्रतिशतको साझेदारीमा १३ करोडको लागतमा पोखराका २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १ हजार ५ सय ४ वटा सडक वत्ती जडान गर्ने कामको सुरु गरिएको मेयर आचार्यले उल्लेख गरे। महानगरले पोखरामा नीजि क्षेत्रको साझेदारीमा ७८ वटा शौचालय सञ्चालनमा ल्याएको छ। फोहोरमैला व्यवस्थापनबारे बुझ्न मेयर आचार्य सुनसरीको धरान र दिल्ली पुगेको विषयलाई पनि महानगरले उपलब्धिमा राखेको हो। यस्तै मेयर आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातलाई पनि उपलब्धिमा समावेश गरेका छन्। उनले भौतिक पूर्वाधारतर्फ बहुतले पार्किङ स्थल तथा सिटी बसपार्क निर्मार्णको अध्ययन एवम् डिपिआर तयार पार्नका लागि पोखरा महानगर र नगर विकास कोषबीच भएको सम्झौतालाईपनि उपलब्धिका रुपमा उल्लेख गरे। आचार्यले गण्डकी प्रदेश सरकारको सहयोगमा पृथ्वीचोकको पोखरा बसपार्कको स्तरोन्नती गरिएको, ढल तथा कल्भर्ट सरसफाई गरिएको, सडक मर्मत गरिएको, देशका ६ वटै महानरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा गरिएको महानगर सम्मेलन, लालिगुराँस रोपण अभियान, ४ वटा सामुदायीक विद्यालयलाई बस हस्तान्तरण, न्यायीक समिति गठनलगायतलाई पनि उपलब्धिका रुपमा उल्लेख गरेका छन्। मेयर आचार्यले सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्तालाई पनि उपलब्धिमा समावेश गरेका छन्। त्यस्तै, युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजीसहित सुरु गरिएको व्यवसाय प्रवर्द्धन केन्द्र स्थापनालाई पनि उपलब्धिका रुपमा उनले राखेका छन्। ‘अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भनिएको छ। त्यसअघि नै ल्याण्डफिल साइडको व्यवस्थापन गर्छौं’, उनले भने। उनले साविक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनासताल बसपार्कसम्मको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको सो अवसरमा जानकारी गराए। आचार्यले कृषि एम्बुलेन्स सञ्चालन, विभिन्न समिति गठन, छात्रवृत्ति प्रदान, राहत र उपचार सहयोग तथा विभिन्न सरोकारवालाहरुसँगको बैठकलाई पनि सय दिनको उपलब्धिपूर्ण कामको रुपमा समावेश गरेका छन्। मेयर आचार्यले कामको रफ्तार बढाइरहेको बताउँदै चाँडै ल्याण्डफिल साइडको पनि टुंगो लाग्ने बताए। मेयर आचार्यले जति नै राम्रो काम गरेको दाबी गरेपनि पोखरेली जनताले भने सोचे जस्तो काम नभएको भन्दै असन्तुष्टी जनाइरहेका छन्। खास गरेर सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माण र सुशासनको पाटोमा मेयरले प्रभावकारी काम नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
