Saturday, October 17, 2026
Latest:
अन्य थपमुख्य समाचारविश्वसंचारसमाचारस्पेसलहेडलाइन

राष्ट्र संघ ठहर पत्रकार अक्लेहको हत्या इजरायली सेनाबाटै भएको

Share to:

एजेन्सी,

विश्वमा गत मे ११ मा कतारको न्यूज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अक्लेहलाई इजरायली सेनाले नै गोली हानेर मारेको प्राप्त तथ्याङ्कहरूले देखाएको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले शुक्रबार जेनेभामा भनिन्, “हामीले यो निष्कर्ष निकालेका छौँ कि अबु अक्लेहलाई मार्ने र उनका सहकर्मी अली सम्मुदीलाई घाइते बनाउने गोली इजरायली सुरक्षा बलबाट प्रहार भएको थियो, सशस्त्र प्यालेस्टिनीहरूबाट होइन।” शामदासानीले संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीले पनि पत्रकारको वरिपरि सशस्त्र प्यालेस्टिनीहरूको कुनै गतिविधि नभएको पाइएको पनि बताइन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले गरेको ट्वीटमा यस संस्थाका प्रमुख मिशेल बाचेलेटले इजरायली अधिकारीहरूलाई आपराधिक अनुसन्धान सुरु गर्न अनुरोध गरेकी छन् । शिरिन अबु अक्लेह इजरायलले छापा मारेको समाचार बनाउन वेस्ट बैंकको शहर जेनिन सहर पुग्दा उनी मारिएकी थिइन् । एसोसिएटेड प्रेस (एपी) का अनुसार शिरीन अक्लेह अल-जजीराका लागि एक प्रसिद्ध प्यालेस्टिनी महिला रिपोर्टर थिइन्।

Like