संगम क्लबको वार्षिक साधारण सभा सम्पन्न, क्लबलाई जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्नै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रतिबद्धता

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ सूचना ब्युरो
दमौली संगम क्लबको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले क्लबको जस्तोसुकै परिस्थितिमा पनि सक्रिय सहभागिता र पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा क्लबका सहसचिव सूर्यचन्द्र लामसालले स्वागत मन्तव्यसहित गतिविधिका बारेमा प्रकाश पारे भने, कोषाध्यक्ष हर्क बहादुर थापा मगरले प्रगति प्रतिवेदन प्रस्तुत गरे। सभामा आगामी वर्षको कार्ययोजना समेत प्रस्तुत गरिएको थियो।
व्यास ३ का वडाध्यक्ष अनुप रानाले आफू बाल्यकालदेखि नै क्लबसँग जोडिएको स्मरण गर्दै क्लबलाई निरन्तर अगाडि बढाउन सुझाव दिए। यसैगरी व्यास २ का प्रतिनिधि सुरेश वाग्लेले क्लबको लामो इतिहासको चर्चा गर्दै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
उक्त साधारण सभामा नेपाली कांग्रेस व्यास नगर समिति, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टीका पदाधिकारीहरूका साथै विभिन्न क्लब, संघ, संस्था, उद्योगी तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। क्लबका सल्लाहकारहरू कुमार मोहन श्रेष्ठ, अन्जनराज न्यौपाने, हेम कुमारी श्रेष्ठ र अधिवक्ता सरिता भण्डारीसहितका अतिथिहरूको उपस्थिति रहेको सभा क्लब अध्यक्ष मछिन्द्रदेवी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कृष्णहरी गैरेले गरेका थिए।
