आदर्श गृह नेपालको भवन निर्माण तथा बालिकाहरूको संरक्षणका लागि विराट महायज्ञ सुरु

आदर्श गृह नेपालको भवन निर्माण तथा बालिकाहरूको संरक्षणका लागि विराट महायज्ञ सुरु
राष्ट्र संरक्षण डट कम
तनहुँ ।
आदर्श गृह नेपालको संरक्षणमा रहेका नेपालका भान्जीहरूको लालनपालन, शिक्षा दीक्षा र संरक्षण एवं भवन निर्माण हेतु सञ्चालित विराट महायज्ञमा उपस्थित हुन पाउनु नै सौभाग्य भएको छ । समाजसेवी तथा नेपाल महिला संघकी अध्यक्ष श्री मीना खरेलज्यूको अध्यक्षतामा सञ्चालित यस विराट महायज्ञले भक्ति, सेवा र मानवीयताको सुन्दर संगम प्रस्तुत गरेको छ ।
महायज्ञ स्थलमा श्रद्धेय भक्तालुजन र पूज्य गुरुदेवमाथि भक्ति सुधा वर्षाउँदै नेपाली कांग्रेसकी सह-महामन्त्री आदरणीय प्रतिमा गौतमज्यूले आफ्ना कोमल भावना राख्नुभयो । उहाँले बालिकाहरूको भविष्य उज्यालो बनाउन यस्ता धार्मिक तथा सामाजिक अभियानले ठूलो भूमिका खेल्ने बताउँदै आदर्श गृह नेपाल परिवारप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
महायज्ञमा सहभागी भक्तजनहरूले मन भक्तिमा लागोस्, दान दायाँ हातले दिएको बायाँ हातलाई थाहा नहोस् र सेवा नै धर्म हो भन्ने भावनाका साथ सहयोग गरिरहेका छन् । भवन निर्माण पूरा भएपछि संरक्षणमा रहेका भान्जीहरूले अझ सुरक्षित, व्यवस्थित र प्रेममय वातावरणमा शिक्षा आर्जन गर्न पाउने विश्वास गरिएको छ ।
सम्पूर्ण आदर्श गृह नेपाल परिवारप्रति हार्दिक शुभकामना सहित राधे राधे ।
