अन्य थपतनहुँ जिल्लाको विशेष समाचारप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

समाधान समाज शाखा सुनाकोठीको आयोजनामा सद्गुरु साधुमहाराजको पावन सानिध्यमा आठौँ सन्त समागम

Share to:

राष्ट्रसंरक्षण डटकम/ललितपुर, मार्ग २,

मुलुकमा समाधान समाज शाखा सुनाकोठीको आयोजनामा सद्गुरु साधुमहाराजको पावन सानिध्यमा आठौँ सन्त समागम मिति २०८३ साल कार्तिक २७,२८ र २९ गते ललितपुर महानगरपालिका वडा नं. २७, सुनाकोठीस्थित बालकुमारी मन्दिरको प्राङ्गणमा भव्य एवं आध्यात्मिक वातावरणका साथ सम्पन्न भयो ।
कार्यक्रममा खादा तथा दाेसल्ला ओढाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई बिशेष सम्मान गरिएकाे उक्त विशेष कार्यक्रममा अतिथिहरू क्रमश: डा.शंकरमान राईज्–कीर्तिपुर अस्पतालका बर्न अनुसन्धानकर्ता,वरिष्ठ समाजसेवी मोतीशान्ति शाक्य,नेपाल आँखा बैंकका प्रबन्धक तथा नेपाल आँखादान समाजका संस्थापक शंखनारायण त्वयना,नेपाल आँखादान समाजका संस्थापक कोषाध्यक्ष सुरेन्द्र शाक्य,नेपाल आँखादान समाजका अध्यक्ष निर्मल बज्राचार्य,ललितपुर महानगरपालिका वडा २७ का अध्यक्ष कृष्णहरि महर्जन,नेपाल हर्ट क्लबका कार्यसमिति सदस्य बसन्त महर्जन,ललितपुर महानगरपालिका सामुदायिक विकास शाखा प्रमुख तथा महिला, बालबालिका,अपाङ्गता र ज्येष्ठ नागरिक सम्बन्धी जिम्मेवारीमा रहनुभएकी सरिता महर्जन,संगीत शिक्षक आदरणीय सुरेश नापित,मिस एसिया इन्टरनेसनल उपाधी विजेता रोजी श्रेष्ठ र सम्माननीय सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता एवं समाधान समाजको विधान निर्माता आदरणीय हिराकृष्ण महर्जन हुनुहुन्थ्यो ।

Like