तनहुँ जिल्लाको विशेष समाचारदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचाररोचक संसारहेडलाइन

दमौलीमा ‘चौथो भोटिबजार भादगाउँ सांस्कृतिक महोत्सव–२०८३’ सुरु

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश ,बुधबार मंसिर २ गते

​दमौली (तनहुँ), मंसिर २ गते बुधबार
तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा ‘चौथो दमौली भोटिबजार भादगाउँ सांस्कृतिक महोत्सव–२०८३’ सुरु भएको छ। महोत्सवको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले एक समारोहका बीच उद्घाटन गरेका हुन।
​उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले यस्ता महोत्सवले स्थानीय कला, भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।
​“हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो स्वाभिमान; हरिबोधिनी एकादशी महोत्सव हाम्रो साझा पहिचान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो। स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्दै धार्मिक एवं सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले मंसिर २ गतेदेखि महोत्सव सुरु गरिएको आयोजक दोभान क्लबका अध्यक्ष नलसिंह दरैले जानकारी दिए।
​कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, व्यास–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, नेपाल मगर संघका जिल्ला अध्यक्ष हर्कबहादुर थापा मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जा मगर र भादगाउँ टोल सुधार समितिका अध्यक्ष दीपक घिमिरेले शुभकामना मन्तव्य व्याक्त गरे।
​उद्घाटन सत्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष विश्वकुमार बुढा परियार र कलाकार सीता विकको सांगीतिक प्रस्तुतिमा मञ्चमा आसीन अतिथि तथा दर्शकहरूलाई छमछमी नचाएका थिए।
​महोत्सवमा स्थानीय स्तरका सांस्कृतिक प्रस्तुतिहरूका साथै विभिन्न आकर्षक संरचनाहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। स्थानीय संस्कृतिको जगेर्नासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउ पुर्‍याउने विश्वास लिइएको कार्यक्रम सञ्चालक मेघनाथ रिमालले बताए। महोत्सव सफल बनाउन स्थानीय आमा समूह, सुरक्षा निकाय विभिन्न संचारमाध्यमको उतसाहजनक सहभागीता रहेको थियोे ।

Like