तनहुँ जिल्लाको विशेष समाचारदेशधर्म–संस्कृति/रीतिथितिप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारस्वास्थ्यहेडलाइन

सामाजिक दायित्व र सरसफाइको सन्देश: व्यास विद्युत तथा प्लम्बर सेवा समितिद्वारा मनकामना आश्रममा सरसफाइ कार्यक्रम सम्पन्न

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
सूचनाब्युरो

दमौली, तनहुँ — सामाजिक सेवा र वातावरण संरक्षणमा पेशागत संस्थाहरूको पनि ठूलो भूमिका हुन्छ भन्ने उदाहरण तनहुँको व्यास-३ स्थित व्यास विद्युत तथा प्लम्बर सेवा समितिले प्रस्तुत गरेको छ। समितिको आयोजना तथा जि आर ई सप्लायर्स (व्यास-३, दमौली) को सह-आयोजनामा तनहुँको व्यास-११, सेरास्थित मनकामना आश्रम परिसरमा एक भव्य सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
व्यावसायिक काममा व्यस्त रहने प्राविधिक तथा व्यवसायीहरूले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै आश्रम क्षेत्रको मर्मत, सरसफाइ तथा स्वच्छता कायम गर्न अग्रसरता देखाएका हुन्।
पहिलो सामाजिक पाइला र सामूहिक प्रतिबद्धता
व्यास विद्युत तथा प्लम्बर सेवा समिति (स्थापना २०६९) को यो पहिलो औपचारिक सामाजिक कार्य हो। समितिले आफ्नो पहिलो पाइला नै पवित्र र धार्मिक/सामाजिक महत्त्व बोकेको मनकामना आश्रम सरसफाइबाट सुरु गरेको हो।
मनकामना आश्रम तथा संरक्षण समितिका अध्यक्ष राजेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सपना मिश्रले गरेकि थिईन।
कार्यक्रममा संस्थाका सचिव पारस थापा, जि आर इलेक्ट्रोनिक्स/सप्लायर्सका गौरव खड्का, स्थानीय आमा समूहकी कोषाध्यक्ष सीता पन्थी, सेरा टोल विकास समितिका पदाधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र अधिकारीले प्राविधिक तथा व्यावसायिक सीप भएका व्यक्तिहरू एकजुट भएर समुदायको सेवामा लाग्दा त्यसको सकारात्मक प्रभाव समाजभरि पर्ने बताए। “हामीले हाम्रो व्यावसायिक यात्रासँगै सामाजिक कार्यलाई जोड्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। यो सरसफाइ कार्यक्रम त केवल सुरुवात मात्र हो, आगामी दिनहरूमा पनि समितिले समाज रूपान्तरण र सेवामूलक कार्यहरूलाई निरन्तरता दिनेछ,” उनले भने।
आश्रम जस्ता पवित्र र धार्मिक स्थलहरूलाई सफा र स्वच्छ राख्नु प्रत्येक नागरिकको कर्तव्य भएको चर्चा गर्दै स्थानीयवासीहरूले पनि समितिको यस कार्यको खुलेर प्रशंसा गरेका छन्। श्रमदान, सहकार्य र सामाजिक उत्तरदायित्वको भाव जगाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले तनहुँ क्षेत्रका अन्य पेशागत संघ-संस्थाहरूलाई पनि सामाजिक कार्यमा जुट्न प्रेरणा दिएको छ।

Like