तनहुँ जिल्लाको विशेष समाचारधर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँको प्रसिद्ध ऐतिहासिक धार्मिक तीर्थस्थल थानीमाई मन्दिरमा ९१ वटा फूलको डोली भित्रिए, भक्तजनको उत्साहजनक घुइँचो

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ

तनहुँ — तनहुँको प्रसिद्ध एवं ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल थानीमामा ९१ वटा फूलको डोली भित्रिएको छ। परम्परागत बाजागाजा र झाँकीसहित देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूले मन्दिरमा फूलको डोली भित्र्याएसँगै मन्दिर परिसरमा धार्मिक रौनक छाएको छ।
मनोकामना पूरा हुने कडा धार्मिक विश्वास रहेको यस मन्दिरमा भाकल पूरा भएका र नयाँ मनोकाङ्क्षा बोकेका दर्शनार्थीहरूको ठूलो उपस्थिति रहेको थियो। बाजागाजाका साथ आइपुगेका भक्तजनहरूले मन्दिरको परिक्रमा गरी विधिपूर्वक पूजाअर्चना गर्दै फूलको डोली चढाएका थिए।
स्थानीयका अनुसार पुनर्निर्माणपछि थप आकर्षक बनेको थानीमाई मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। विशेष गरी कात्तिक र मङ्सिर महिनाका मङ्गलबारहरूमा मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। यसपटक एकैदिन ९१ वटा फूलको डोली भित्रिएपछि क्षेत्रको धार्मिक पर्यटनमा अझ ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

Like