प्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचाररोजगारी/सूचनासंचारसमाचार

तनहुँमा ६१ औँ प्रहरी दिवस भव्य रूपमा सम्पन्न: भूतपूर्व प्रहरीहरूको योगदानको उच्च कदर र सम्मान

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ सुरक्षा विशेश
​दमौली, तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा ६१ औँ प्रहरी दिवस २०८३ भव्य रूपमा सम्पन्न भएको छ। “विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि तनहु जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले
समाज सुरक्षा, शान्ति-व्यवस्था र नागरिक सेवामा प्रहरीले पुऱ्याएको योगदानको कदर गरेका छन। उक्त कार्यक्रममा
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लमसाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेले कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई स्वागत एवं सम्मान गरेको थिए। नेपाली सेना, सशस्त्र प्रहरी बल, भूतपूर्व प्रहरी कर्मचारीहरूका साथै विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
​भूतपूर्व प्रहरी तथा सैनिकहरूको सम्मान
​कार्यक्रमका अवसरमा देश र जनताको सेवामा समर्पित भई अतुलनीय योगदान पुऱ्याएका भूतपूर्व प्रहरी तथा सैनिकहरूलाई विशेष सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो। सेवा निवृत्त भए पनि उहाँहरूले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पुऱ्याउनुभएको योगदान सधैँ स्मरणयोग्य रहने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताए।
प्रहरी प्रमुख कार्कीले देशको
​शान्ति-सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा कर्तव्य हो। “विपदमा सारथी र संकटमा छहारी” बनेर अहोरात्र खटिने नेपाल प्रहरीलाई समाजमा शान्ति, अमनचयन र कानुनी शासन कायम राख्न हरेक नागरिकको सहयोग र सहकार्य उत्तिकै आवश्यक पर्ने बताए ।
​अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदायबीचको एकतालाई अझ सुदृढ बनाउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरेको छ।

Like