भुजेल भाषा र संस्कृतिमा आधारित चलचित्र ‘ब्राओ आपुक रा’ असोज ३० गते प्रदर्शन हुने,

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
दमौली, तनहुँ।
भुजेल भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘ब्राओ आपुक रा’ (ठुल्दाइको नाङ्लो) आगामी असोज ३० गते प्रदर्शन हुने भएको छ। भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा यो चलचित्र प्रदर्शन गर्न लागिएको हो।
यसअघि दमौली सभा गृह हलमा प्रदर्शन गर्ने भनिएको उक्त कार्यक्रम विशेष कारणवश स्थान परिवर्तन गरी सिमलटारस्थित निम्तो पार्टी प्यालेस, दमौलीमा आयोजना गरिने समितिले जनाएको छ।
पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा तयार पारिएको यस चलचित्रले भुजेल समुदायको मर्म, भाषा, भेषभूषा र मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेको छ।
आयोजक भुजेल समाज सेवा समिति तनहुँले सम्पूर्ण दर्शक, संस्कृतिप्रेमी तथा स्थानीय महानुभावहरूलाई उपस्थित भई चलचित्र हेरेर प्रोत्साहन गरिदिन जिल्लावासी सबैमा अपिल गरिएको छ।
Like
