देशप्रदेश-४ [गण्डकी]समाचार

​सुशासन र पारदर्शितामा भानु नगरपालिकाको जोड

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
​
​तनहुँ। स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही र पारदर्शी बनाउने उद्देश्यका साथ तनहुँको भानु नगरपालिकामा भव्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
​नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा भए-गरेका विकास निर्माणका काम, सेवा प्रवाहको अवस्था तथा विभिन्न शाखागत प्रगतिको विवरण नागरिकसमक्ष खुला रूपमा प्रस्तुत गरिएको थियो।
​कार्यक्रममा सहभागी नगरवासीहरूले नगरपालिकाबाट प्रवाह हुने सेवा, सुशासन, वित्तीय पारदर्शिता र भौतिक पूर्वाधारका क्षेत्रमा देखिएका समस्याबारे आफ्ना तिखा जिज्ञासा, महत्वपूर्ण सुझाव तथा गुनासाहरू राखेका थिए।
​नागरिकका तर्फबाट उठेका प्रश्न तथा गुनासाहरूको सम्बोधन गर्दै नगर नेतृत्वले आगामी दिनमा पालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित बनाउने प्रतिबद्धता जनाएको छ। नागरिकसँगको यस्ता प्रत्यक्ष संवादले सुशासन कायम गर्न ठूलो सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

Like