धर्म–संस्कृति/रीतिथितिप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]समाचार

​ब्राह्मण समाज नेपाल, व्यास-४ को वार्षिक साधारण सभा तथा तेस्रो वडा अधिवेशन

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
।

दमौली, तनहुँ — ब्राह्मण समाज नेपाल, व्यास-४ दमौली, तनहुँको आयोजनामा संस्थाको वार्षिक साधारण सभा एवं तेस्रो वडा अधिवेशन समारोह शुक्रबार उद्घाटन गरिएको छ।
​तेस्रो वडा अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन ब्राह्मण समाजका केन्द्रीय कार्यसमिति सदस्य डा. लक्ष्मीकान्त चापागाईंले गरे।
​कार्यक्रममा ब्राह्मण समाजका केन्द्रीय सदस्य विशेश्वर सुवेदी, जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, केन्द्रीय सदस्य गौकुमारी न्यौपाने, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, राधामाधव समितिका अध्यक्ष मीनराज न्यौपाने, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य एवं प्रेस संयोजक अन्जनराज न्यौपाने, व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेल , महिला वडा समन्वय समिति व्यास-४ की अध्यक्ष रमा वाग्ले, सिर्जनशील दिदीबहिनी समूहकी अध्यक्ष सीता पण्डित, शुक्र आधारभूत विधालयका प्रधानाध्यापक टिकाराम दाहाल तथा सामाजिक अभियान्ता भाग्यशाली ढुङ्गाना, समाजसेवी हरिशरण पण्डितलगायत दर्जनौँ सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
समाजका कोषाध्यक्ष श्रीकान्त धिमिरेले समाजको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरे।यस्तै
वडा अधिवेशनको प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिने जानकारी ब्राह्मण समाजका केन्द्रीय सदस्य विशेश्वर सुवेदीले दिए।
​समाजका सचिव गोविन्द लम्सालले सञ्चालन गरेको यश कार्यक्रमको सभापतित्व ब्राह्मण समाज व्याय ४ कि वडा सभापति शारदा पोख्रेलले गरेकि हुन।

Like