प्रदेश-४ [गण्डकी]मुख्य समाचारहेडलाइन

तनहुँमा चट्याङ लागेर एक वृद्धको मृत्यु

Share to:

​दमौली, भदौ ३१
जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ लामीसुहाँरामा चट्याङ लागेर गए राति एक वृद्धको मृत्यु भएको छ।
​मृत्यु हुनेमा ७३ वर्षीय हुमबहादुर सुस्लिङ मगर रहेका छन्। आफ्नै घरको माथिल्लो तलास्थित सुत्ने कोठाको ढोका नजिकै उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
​घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कार्यहरू पूरा गरी शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीतर्फ पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Like