प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
रासंसा/काठमाण्डौ, भाद्र ५,
मुलुकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् । प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जानेछन् ।प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जानेछन् । ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ ।
Like
