तीज गीत ‘ए मेरी आम्मै’ सार्वजनिक

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
लमजुङ
माइतीबाट बेवास्ता र असहयोग भोग्नुपरेकी एक महिलाको पीडा र संवेदनशील कथा समेटिएको नयाँ तीज गीत ‘ए मेरी आम्मै’ सार्वजनिक भएको छ।
आफ्नै रोजाइअनुसार जीवन अघि बढाउँदा परिवार तथा माइतीबाट टाढिनुपरेकी महिलाको भावनात्मक सङ्घर्ष र व्यथालाई गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। सार्वजनिक हुनुअघि नै टिकटकमा समेत अत्यधिक रुचाइएको यो गीतले दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक बीबी क्षेत्रीले जानकारी दिएका छन्।
लमजुङको राइनास नगरपालिकाका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा शोभा थापा मगर र प्रभास भट्टको सुक्ष्म तथा भावनात्मक अभिनय हेर्न सकिन्छ।
मार्मिक कथावस्तु, उत्कृष्ट सङ्गीत र आकर्षक दृश्य संयोजनले सजिएको यस तीज गीतले नेपाली समाजमा महिलाले भोग्नुपर्ने यथार्थ चित्रणलाई सशक्त रूपमा उजागर गरेको छ।
