देशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]संचारसमाचारस्पेसल

तनहुँको शुक्लागण्डकी–१० साँखेमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै ध्यानाकर्षण

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ समाचार

​तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रहरी चौकी स्थापनाका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यानाकर्षण गराएको छ।
​शुक्लागण्डकी नगरपालिकाका कार्यवाहक प्रमुख खुमबहादुर विक राजुको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलाई भेटી औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको हो।
​टोलीमा सहभागी जनप्रतिनिधिहरू:
​खुमबहादुर विक राजु (कार्यवाहक प्रमुख, शुक्लागण्डकी नगरपालिका)
​धनबहादुर पुलामी (बाबुराम) (अध्यक्ष, वडा नं. ९)
​राजेन्द्र भट्टराई (अध्यक्ष, वडा नं. १०)
​शालिकराम भट्टराई (अध्यक्ष, वडा नं. ११)
​इलाका प्रहरी कार्यालय बेलचौतारबाट १५ किलोमिटर टाढा रहेको र स्थानीय बासिन्दाहरूको तीव्र चाहनालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापनाको माग गरिएको हो।
​रणनीतिक महत्व: साँखेदेखि स्याङ्जाको किचनासकोटतर्फ जाने नाकासमेत रहेकाले सुरक्षाको दृष्टिकोणले चौकी स्थापना गर्नु अत्यावश्यक रहेको बताइएको छ।
​निर्णय प्रक्रिया: गत साउन २१ गते बसेको नगर कार्यपालिकाको बैठकले साँखेमा प्रहरी चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयनका लागि अहिले जिल्ला प्रशासनको ध्यानाकर्षण गराइएको कार्यवाहक प्रमुख विकले जानकारी दिए।
​प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता:
​छलफलका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले विषयको गम्भीरतालाई ध्यानमा राख्दै छिट्टै स्थलगत अवलोकन गरी आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनुभएको छ।
​स्रोत: राष्ट्र संरक्षण डटकम
संवाददाता

Like