जेसीआई व्यास नगरको आयोजनामा ‘व्यासनगर शाइनिंग स्टार-२०२६’ (सिजन ११)हुदै

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहु
JCI व्यास नगरको ‘व्यासनगर शाइनिंग स्टार-२०२६’ को प्रिन्ट मीट सम्पन्न
दमौली (तनहुँ), २७ साउन (२०८३)
जेसीआई व्यास नगरको आयोजनामा ‘व्यासनगर शाइनिंग स्टार-२०२६’ (सिजन ११) को तयारी स्वरूप एक प्रेस मीट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासघ तनहुँका अध्यक्ष डि,पि अधिकारीले “Transforming Vision into Community Impact” भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगिताको प्रेस मीटमा कार्यक्रमको मिति र अन्य विवरणहरू सार्वजनिक गरिएको प्रति खुसी ब्याक्त गरे। कार्यक्रममा जेसी सुनील श्रेष्ठ (चिफ इभेन्ट को-अर्डिनेटर)ले
प्रतियोगिता अन्तर्गत अडिसन कार्यक्रम आगामी २०८३ साउन ३० र ३१ गते दमौली माध्यमिक विद्यालय, व्यास-४, तनहुँमा हुनेछ। ९ वर्षदेखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू यस अडिसनमा सहभागी हुन सक्ने बताए ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन जेसीआई व्यास नगरका पदाधिकारी तथा संयोजकहरू सक्रिय रूपमा खटिएको जानकारी दिए।कार्यक्रमसम्बन्धी थप जानकारी तथा जिज्ञासाका लागि निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ:
जेसी सुनील श्रेष्ठ (चिफ इभेन्ट को-अर्डिनेटर): ९८०२८००३३४
जेसी अजार नशिला (प्रिजेन्ट २०२६): ९८५६०६४०२२
जेसी प्रताप पण्डित (सेक्रेटरी जनरल २०२६): ९८६०२५०६२७
जेसी केशर बराली (ट्रेजरर २०२६): ९८१९११४७३०
