आँबुखैरेनीको बरादीमा एकदिने शिव पुराण तथा कथा प्रवचन सम्पन्न

आँबुखैरेनीको बरादीमा एकदिने शिव पुराण तथा कथा प्रवचन सम्पन्न
आँबुखैरेनी, २६ श्रावण
अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ।
: तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीस्थित श्री अकला पाञ्चायन मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा एकदिने शिव पुराण तथा कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
अकला पाञ्चायन मन्दिर विकास समितिको आयोजनामा सोमबार भएको कार्यक्रममा आचार्य पण्डित कृष्णकान्त शाण्डिल्यायन (काफ्ले)ले शिव पुराणको कथा प्रवचन गरेका हुन।
कार्यक्रमको उद्घाटन आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्यालले पानसमा संयुक्त रूपमा दीप प्रज्वलन गरे।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, आमा समूह, क्लबका प्रतिनिधि, सञ्चारकर्मी तथा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको श्री अकला पाञ्चायन मन्दिर विकास समितिका अध्यक्ष सूर्यबहादुर पन्तले जानकारी दिए।
आयोजकका अनुसार श्रावण महिनाको अन्तिम सोमबारको धार्मिक अवसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रमले मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गरेको थियो।
