अन्य थपमुख्य समाचारविश्वहेडलाइन

अब आरएसएस र मोहन भागवतको कुरा भाजपा सुन्दैन – अभिजीत दीपके

Share to:

एजेन्सी/भारत,श्रावण २२,

विश्वमा जेन–जीलाई लिएर आरएसएस प्रमुख मोहन भागवतले दिएको बयानप्रति कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले प्रतिक्रिया दिएका छन् । दीपकेले भने, ‘मलाई लागिरहेको छ कि भाजपाका नेताहरू आरएसएसभन्दा अलग भएर बोलिरहेका छन् । लोकतन्त्रमा सरकारलाई जनताको डर हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले थपे, ‘हाम्रा प्रधानमन्त्री हरेक वर्ष स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट भाषण गर्नुहुन्छ । म चाहन्छु, यस पटकको उहाँको भाषण देशका युवाहरू र जेन–जीका लागि होस् । प्रधानमन्त्रीले बेरोजगारीका विषयमा सरकारले के गरेको छ र बेरोजगारी कसरी घटाउने योजना छ भन्ने बताउनु पर्छ ।’ अभिजीत दीपकेले भने, ‘म चाहन्छु, भाजपाका नेताहरूले एक पटक मोहन भागवतको कुरा सुनून् । किनकि मोहन भागवत भाजपा संरक्षक हुन् । आरएसएस भाजपाको मार्गदर्शक हो । भाजपाले आरएसएस र मोहन भागवतको कुरा सुन्न छोडेको छ ।’ उनले भने, ‘मोहन भागवतजीले जेन–जीलाई राष्ट्रविरोधी नभन्नुहोस् भन्नु हुन्छ । तर भाजपाका नेताहरूले हामीलाई भाइरस भन्छन् । नितिन नवीनले यसलाई ‘कक्रोच भाइरस’ भनेका छन् । धर्मेन्द्र प्रधानले हामीलाई आतंकवादीहरूको ‘बी टिम’ भनेका थिए ।’ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवत बिहीबार जेन–जीसँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी भएका थिए । उनले हालै भएका जेन–जी प्रदर्शनका क्रममा उठाइएका गुनासाहरू जायज रहेको बताएका थिए ।

Like