देउवा फर्किनेवारे प्रहरीले भन्योः ‘हामी हेर्दैछौं’
रासंसा/काठमाण्डौ, श्रावण २२,
मुलुकमा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् ।देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने’bout सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’ गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ ।
Like
