नगर स्तरिय हिज्जे प्रतियागितामा विश्व आदर्श मावि प्रथम
रासंसा/सुनसरी, आषाढ १४,
मुलुकमा पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिववार इटहरी ९ स्थित जनता माविको सभाहलमा सम्पन्न नेपाली हिज्जे प्रतियोगितामा इटहरी ४ मा अवस्थित विश्वआदर्श मावि पहिलो भएको छ । प्रतियोगितामा इटहरी ६मा अवस्थित मोर्डन प्रिपेरोटरी मावि दोश्रो भएको छ भने इटहरी १६मा अवस्थित सरस्वति जब्दी मा.वि. तृतिय भएको छ ।
मकालु पुस्तक पसल इहटरीका प्रोपाइटर तीर्थराज भण्डारीको प्रमुख आतिथ्यता तथा पूर्वीहटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजक भाषासेवी तथा पुर्वीहटलाईन दैनिकका स्तम्भकार दिनेश पौडेल रहनु भएको थियो । सो नेपाली हिज्जे कार्यक्रममा पूर्व शिक्षक, हेमन्त गौतम, विश्व आर्दश माविका सहभागि विद्यार्थी मेघा राठी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा सरस्वति मावि बराहक्षेत्र ९ का शिक्षक प्रविण पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन जनता बहुमुखी क्याम्पसका लेक्चरर नविन शर्माले गरेका थिए । कार्यक्रममा पूर्व कर्मचारी घनस्याम गिरी,पुर्व कर्मचारी तथा पूर्वीहटलाईन दैनिकका कोलमनिष्ट सरोज कार्की, पूर्वीहटलाईन दैनिकका सम्पादक प्रकाशक रमेश लुइटेल लगायतको उपस्थिति रहेको थियो ।
नगर स्तरिय नेपाली हिज्जे प्रतियोगितामा पिसजोन बोर्डिङ स्कुल, बालविकास बोर्डिङ स्कुल, जनता मावि, कविर माध्यमिक विद्यालय, गार्डेन एकाडेमी, सहिद स्मृति मावि लगायतका विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
