दिगो हिमाली पर्यटन र वातावरण संरक्षण आजको आवश्यकता- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल

Share to:


अन्जनराज न्यौपाने
काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण र हिमाली वातावरणको संरक्षण आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित _Everest Summiteers Breakfast with President Of Nepal_ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे। सगरमाथाको संरक्षण र सन्तुलित उपयोगबाट नेपालको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुगेको उनको भनाइ थियो।

तर विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तन र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने समस्या चुनौती बनेको बताउँदै उनले पर्यावरण र जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

विश्वभरका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर भएको यो सम्मेलनले हिमाली क्षेत्रको संरक्षण र प्रचारप्रसारमा सार्थक छलफल हुने विश्वास उनले व्यक्त गरे।

Like