नेपाल महिला सङ्घको केन्द्रीय सदस्यमा पवित्र पौडेल मनोनीत

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय सदस्य पदमा पवित्र पौडेल मनोनित भएकी छन्।
संघको केन्द्रीय कार्यसमितिले गरेको पछिल्लो मनोनयनअनुसार पौडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको हो। मनोनयनपछि शुभेच्छुक, कार्यकर्ता र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पौडेल यसअघि नेपाल महिला संघको जिल्ला अध्यक्षको रूपमा कार्य गरिसकेकी छन्। साथै, तनहुँ जिल्लाका विभिन्न धार्मिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा समेत उनले महत्वपूर्ण योगदान पुर्याएकी छन्।
महिला सशक्तिकरण, सामाजिक न्याय र संगठन विस्तारका क्षेत्रमा लामो अनुभव भएकी पौडेलको मनोनयनले संघको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।