हिन्दी र अङ्ग्रेजी मात्र होइन, जापानीको पनि वर्चस्व, यो बर्षमा ९४ विदेशी फिल्म रिलिज

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १०,

मुलुकका हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्मको आकर्षण बढी देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ (वैशाखदेखि चैतसम्म) रिलिज फिल्मको तथ्याङ्कअनुसार नेपाली दर्शकले एक वर्षमा करिब १०० को हाराहारीमा विदेशी फिल्म हेर्ने गरेका छन् । वर्षभरि कुल ३३ लाख २८ हजारभन्दा बढी दर्शकले विदेशी फिल्म हेरेका छन् । नेपालमा मुख्यगरी यो तीन भाषाका विदेशी फिल्म प्रदर्शन भएका छन् । जसमा हिन्दी ५४ वटा, अङ्ग्रेजी ३७ वटा र जापानी ३ वटा रहेका छन् । बोर्डको तथ्याङ्कअनुसार यस वर्ष नेपालमा कुल १५१ वटा फिल्म प्रदर्शनमा आए । जसमा ९४ वटा विदेशी फिल्म रहेका छन्, भने स्वदेशी फिल्मको संख्या ५७ मात्र देखिएको छ । यी ९४ विदेशी फिल्मले एक वर्षमा १ अर्ब ११ करोड ५२ लाख रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेका छन् । नेपाली बक्स अफिसमा विदेशी फिल्ममा सधैँझैँ यसपालि पनि हिन्दी फिल्मकै वर्चस्व रह्यो । बोर्डको तथ्याङ्कअनुसार वर्षभरि ५४ हिन्दी फिल्म रिलिज भएका छन्, जसमा ‘ओए भुतनी के’, ‘रेड २’, ‘भुल चुक माफ’, ‘हाउसफुल ५’, ‘सैयारा’, ‘सन अफ सरदार २’, ‘धडक २’, ‘कुली’, ‘परम सुन्दरी’, ‘बागी ४’, ‘मिराई’, ‘कान्तारा’, ‘थम्मा’, ‘बाहुबलीः द एपिक’, ‘बोर्डर २’, ‘धुरन्धरः द रिभेन्ज’देखि ‘डकैत’सम्म रहेका छन् । हिन्दीमा पनि बलिउड र दक्षिण भारतिय गरेर दुई प्रकारका छन् । यस वर्ष सबैभन्दा बढी कमाउने हिन्दी फिल्म ‘कान्तारा ए लेजेन्डः च्याप्टर १’ बनेको छ । यसले १२ करोड ३५ लाख ३२ हजार रुपैयाँ कमाउँदै ३ लाख ८३ हजारभन्दा बढी टिकट बिक्री गर्‍यो । दोस्रो स्थानमा ‘धुरन्धर २’ रह्यो । यो फिल्मले १२ करोड २५ लाखभन्दा बढीको व्यापार गरेको देखिएको छ । रिलिजमा मात्र हिन्दी अगाडि होइन, व्यवसायसमेत राम्रो देखिएको छ । वर्षभरि प्रदर्शनमा आएका ५४ हिन्दी फिल्मले बक्सअफिसमा ८८ करोड, ६७ लाख ३७ हजार बढी व्यवसाय गरेको छ । २७ लाख ४९ हजार बढी दर्शकले हिन्दी फिल्म हेरेका छन् । यो वर्ष सबै हिन्दी फिल्म सफल भएनन् । थुप्रै हिन्दी फिल्मले थोरै व्यवसाय गरेको छ । सबैभन्दा कम व्यवसाय गर्ने फिल्म ‘अग्निपरीक्षा’ रहेको छ । फिल्मले ३ हजार ५ सयमात्र व्यवसाय गरेको छ । अङ्ग्रेजी फिल्ममध्ये ‘अवतारः फायर एण्ड ऐश’ सबैभन्दा सफल रह्यो । यसले ६ करोड ६८ लाख ४३ हजार रुपैयाँ कमायो भने १ लाख ६२ हजारभन्दा बढी दर्शक बटुल्यो । अर्काे थोरै व्यवसाय गर्ने फिल्म ‘नारी शक्ति’ पनि हो । फिल्मले ४ हजार १५० रुपैयाँ मात्र कमाएर सबैभन्दा कम व्यापार गर्ने फिल्मको सूचीमा दोस्रो नम्बरमा रहेको छ । हिन्दी फिल्मपछि नेपाली बक्स अफिसमा अङ्ग्रेजी फिल्मको बजार पनि राम्रो देखिएको छ । यो वर्ष नेपालमा ‘थन्डरबोल्ट्स’, ‘मिसनः इम्पोसिबल’, ‘हाउ टु ट्रेन योर ड्रागन’, ‘बलेरिना’, ‘जुरासिक वल्र्ड’, ‘सुपरम्यान’, ‘द रनिङ म्यान’, ‘एनाकोन्डा’, ‘द हाउसमेड’ लगायत ३७ वटा अङ्ग्रेजी फिल्म रिलिज भए । यी फिल्मले बक्सअफिसमा २० करोड ६४ लाख ७४ हजार बढीको ग्रस कलेक्सन गरेको छ । अङ्ग्रेजी फिल्ममध्ये ‘अवतारः फायर एण्ड ऐश’ सबैभन्दा सफल रह्यो । यसले ६ करोड ६८ लाख ४३ हजार रुपैयाँ कमायो भने १ लाख ६२ हजारभन्दा बढी दर्शक बटुल्यो । यो वर्ष रिलिज आएका थुप्रै असफल फिल्म पनि छन् । तीमध्ये सबैभन्दा कम कमाउने फिल्ममा ‘नोइज’ हो । जसले १ लाख ११ हजार रुपैयाँ मात्र व्यापार गर्‍यो । यो वर्ष अङ्ग्रेजी फिल्म हेर्ने दर्शक ५ लाख १४ हजार ८ सय ६८ देखिएका छन् । यी तीन फिल्मले मात्रै ६३ हजार ७५५ टिकट बिक्री गर्दै कुल २ करोड २० लाख ५४ हजार रुपैयाँभन्दा बढीको व्यापार गरे । यस वर्ष नेपालमा कोरियन र बङ्गाली फिल्म भने प्रदर्शन भएनन् ।प्रदर्शन आएको जापानिज फिल्ममा सबैभन्दा बढी ‘डेमन स्लेयरः इन्फिनिटी क्यासल’ले २ करोड १० लाख ८ हजार बढी व्यवसाय गरेको छ । फिल्मको टिकट मात्र ५८ हजार ५ सय ४० वटा बिक्री भएको छ ।
नेपालमा हिन्दी र अंग्रेजीबाहेक विदेशी फिल्ममा जापानी, कोरियन र बङ्गाली पनि रिलिज हुने गरेका छन्, यो वर्ष नेपाली बक्स अफिसमा नेपालमा ३ वटा जापानी एनिमे फिल्म रिलिज भए; ‘नारुटो द मुभीः निन्जा क्ल्यास इन द ल्याण्ड अफ स्नो’, ‘डेमन स्लेयरः इन्फिनिटी क्यासल’, ‘चेनसो म्यानः रेजे आर्क’ । प्रदर्शन आएको जापानिज फिल्ममा सबैभन्दा बढी ‘डेमन स्लेयरः इन्फिनिटी क्यासल’ले २ करोड १० लाख ८ हजार बढी व्यवसाय गरेको छ । फिल्मको टिकट मात्र ५८ हजार ५ सय ४० वटा बिक्री भएको छ ।

Like