नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन
रासंसा/डोल्पा, चैत ०७,
मुलुकमा ठूलिभेरी नगरपालिका वार्ड नं ३ दुनै, डोल्पामा स्थानीय ब्लू सीप हाेटलकाे सभाकक्षमा डाेल्पा जिल्ला अस्पतालका मे.सु. डा.सिजन रावलकाे सभाध्यक्ष र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता श्री प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यता,जिल्ला प्रशासनका कार्यालय डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलकाे बिशेष आतिथ्य रहनु भएको उक्त कार्यक्रममा अतिथिहरू क्रमशः संग्राम सार्दुल,सेनानी नेपाल आर्मी,डा.अजय प्रसाद पाण्डे,दीपक राज भट्ट र सुवास राना रहनु भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे याे ४५ औं जिल्ला शाखकाे नव गठित कार्यसमितिलाई साे भेलाले स्वास्थ्यकर्मी समेत रहेकाे सामाजिक अभियन्ता राजन कुमार डाँगीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिकाे छ । उपाध्यक्षमा दिलमाया के.सी. , सचिवमा कर्ण वि.क., काेषाध्यक्षमा मिनराज बुढा(बिबश), सदस्यहरुमा क्रमशः सुमन थापा, जयकृष्ण हमाल,प्रेम थापा,नवीनकुमार शाही, रूपलाल बोहरा,आनन्द सिंह रावल,चन्द्रराज बुढा चयन भएका छन् । आजै बसेकाे बैठकले सदस्यद्वय: राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई मनाेनित समेत गरिएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज डाेल्पाकाे कार्यसमिति गठनको अवसरमा दुनै स्थित ध्रुबतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला बि.क.लाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्मचार्यले कक्षा १२ सम्म अध्ययनको लागि सम्पूर्ण व्यय व्यहोर्ने प्रतिबद्धता गर्नु भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे याे ४५ औं जिल्ला शाखकाे नव गठित यस पवित्र समाज सेवाको यात्रामा जोडिनु हुने सबैलाइ कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्मचार्यले सम्पूर्णलाई बधाई तथा शुभकामनाका साथै धन्यवाद दिदै नव गठित कार्यसमितिका पदाधिकारी खादा पहराई सम्मान प्रदान गर्नुभएको थियो ।
