चुनावको मुखमा राजावादीको हर्षोल्लास, जनताको लाखौ सहभागी
काठमाण्डौ,
मुलुकमा प्रतिनिधिसभा निर्वाचनको मुखमा राजतन्त्र पक्षधरहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीको शक्ति प्रदर्शनको रिहर्सल गरेका छन् । तीन महिनाको झापा बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा समर्थकहरूले स्वागत गरेका छन् । राजतन्त्र समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाउँदै शाहको समर्थनमा स्वागत अभिवादन गरिरहेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा हजारौंको संख्यामा समर्थकहरु सहभागी भएका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले पूर्व राजालाई विमानस्थल भित्रै पुगेर स्वागत गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका समर्थकहरूले स्वागत गरी निर्मल निवास पु¥याएका छन् । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो । निषेधाज्ञाबिच बाक्लो उपस्थिति देखिएपछि प्रशासनले निकै कडा सुरक्षा व्यवस्था गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । राजावादी अभियानले ठोस रुपमा आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै राजनीतिक एजेण्डाका लागि शाहको स्वागत गरेको नभै राजतन्त्रको आवश्यकता र औचित्य छ भन्ने प्रमाणित गर्न स्वागतको परम्परा गरिएको प्रसाईले बताए । पूर्व राजा शाहले समर्थकहरुका अभिवादन फर्काए पनि कुनै प्रतिक्रिया दिएका छैनन् । पूर्वराजाको समर्थकमा उपस्थित भएको जनसहभागिताले राजा चाहने शक्तिको रिहर्सल भएको राजावादी अगुवा प्रसाईले बताए । नेपालमा राजतन्त्र आवश्यक छ भन्ने अभियान चलाईरहेका प्रसाईले सर्बपक्षीय सहभागिता र राजा सहितको सर्बपक्षीय सम्मेलनको आवश्यकतामा आवाज उठाइरहेका छन् । पछिल्लो समयमा जेनजी आन्दोलनपछि विदेशी शक्ति राष्ट्रहरुको स्वार्थको लडाइ भईरहेकोले राजतन्त्र पुनस्र्थापना आवश्यक भएको भन्दै जनप्रदर्शन र सचेतना फैलाउने काम गरिरहने प्रसाईले बताए ।