नेपालमा भ्रष्टाचार नियन्त्रणको भाबी रणनीति सम्बन्धि अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न
रासंसा/काठमाण्डौ, कार्तिक २५,
मुलुकमा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले राजधानीमा भ्रष्टाचार नियन्त्रणको भाबी रणनीति सम्बन्धि अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्माले बिषयगत प्रवेशपश्चात शुरु भएको थियो भने ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालकका सदस्य एवं पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालले छलफल पत्र प्रस्तुत गर्नुभएको थियो । छलफल पत्रपश्चात उपस्थित सबै किसिमका विधाका प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा राजनीतिका दलका सदस्य, पुर्व प्रशासक, पुर्व एआइजीपी, बुद्दिजिबीलगायत जेनाजी समुहका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रम सभा द नेशन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । सभा द नेशन टेलिभिजन हेर्नका लागि यु ट्युब मा हेर्न save the nation online tv र save the nation television मा हेर्न सकिन्छ । यसका लागि YouTube – Search save the nation online tv र save the nation television टाइप गरि खोज्न सकिन्छ ।

