वामपन्थी नेता प्रदीप नेपालको निधनपश्चात दाहसंस्कारका लागि शव पशुपति लगियो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे निधन भएको छ। साहित्यकार एवं पूर्व मन्त्रीसमेत रहेका नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। उनी एमालेबाट सूचना तथा संचार, शिक्षा मन्त्रीसमेत भैसकेका व्यक्ति हुन्। उनले नेपाली साहित्यमा संजय थापाको नामबाट कलम चलाउदै आएका थिए। नेपका एमालेका पूर्व स्थायीकमिटी सदस्यसमेत रहेका नेता नेपालको स्वास्थ्यमा जटिलता आएपछि सोमबार नर्भिक अस्पताको आईसीयूमा उपचार गरिदै आएको थियो। नेपालको वामपन्थी आन्दोलनका कुशल संगठक मध्ये पर्ने नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। नेता नेपालको निधनको खबर आएपछि नेकपा एमाले र नेकपा एसका नेता कार्यकर्ता लगायत उनका शुभ चिन्तकहरु नर्भिक अस्पतालमा जम्मा हुने क्रम बढ्दो छ। पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उनको अन्त्यष्टि गरिनेछ ।

Like