नेविसंघका दीपक राज जोशी त्रिवि स्ववियु सभापतिमा ८ भोटले विजयी
रासंसा/काठमाण्डौ,
मुलुकमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपक राज जोशी विजयी भएका छन्। कुल ३,११८ मत खसेको निर्वाचनमा जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे। सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए। भट्टले ७८१ मत प्राप्त गरे। क्रान्तिकारीका प्रवीण दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्का स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत पाए।
Like