काठमाडौँ महानगरपालिकाले राजा ज्ञानेन्द्रलाई काट्यो ८ वटा पत्र
रसंसा/काठमाण्डौ, चैत्र १६,
मुलुकमा काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एकैपटक ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजावादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकोमा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै महानगरले जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो । यस्तै जडीबुटी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकामा १ लाख, बालकुमारी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकोमा १ लाख, तीनकुनेमै बोटबिरुवा र रेलिङ क्षति गरेकोमा ६३ हजार र सिनामंगल क्षेत्रमा फोहोरमैला गरेकोमा थप १ लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । शुक्रबारकै मितिमा काटेर शनिबार सार्वजनिक भएको पत्रको चलानी नम्बर ४५५ देखि ४६२ सम्म रहेका छन् । तीनकुनेमा आयोजना गरिएको सडकपेटीमा जथाभावी फोहोर गरेकाले १ लाख जरिवाना गरिएको छ । यस्तै महादेवस्थान क्षेत्रको सडक तथा सडक पेटीमा फोहोर १ लाख, महानगरको , दमकल फुटाएकामा १ लाख ३० हजार क्षतिपूर्ति, वातावरण प्रदूषण गरेकोमा १ लाख जरिवाना गराइएको छ ।