त्रिपुरेश्वरमा भेटिएको शङ्कास्पद वस्तु भित्र सिरानी र कपडा
रासंसा/काठमाण्डौ, फाल्गुण ६,
मुलुकमा काठमाडौंको त्रिपुरेश्वर बस बिसौनी नजिक शङ्कास्पद वस्तु भेटिएपछि उत्पन्न भएको त्रासको अवस्था अन्ततः निरर्थक सावित भएको छ। स्थानीयले कम्बलले बेरिएको रहस्यमय झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेपछि झोलाभित्र सिरानी र कपडा मात्रै भेटिएको हो। आवश्यक सुरक्षा सतर्कता अपनाउँदै बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त वस्तु आतङ्क सिर्जना गर्ने उद्देश्यले राखिएको पुष्टि भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा झोलाभित्र सिरानी, कपडा तथा अन्य सामान्य सामग्री मात्र रहेको पाइएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।
Like