रविलाई चितवन अदालतले पठायो न्यायिक हिरासत

Share to:

रासंसा/काठमाण्डौ, माघ २३,

मुलुकमा चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासतमा पठाउन आदेश दिएको छ। बुधबार जिल्ला अदालत चितवनले लामिछानेको मुद्दामा बहस नसकिएकाले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो। सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो। न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेलाई बिहीबार बिहान १० बजे अदालत उपस्थित गराउने गरी न्यायिक हिरासतमा राखिएको बताए। ‘थुनछेक बहस नसकिएकाले अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएपछि प्रहरीले उहाँलाई हामीले हिरासत राखेका छौं,’ महतोले भने।

Like