कोलकातामा ट्रेनी डक्टर बलात्कार प्रकरणमा सञ्जय राय दोषी ठहर

Share to:

एजेन्सी/भारत, माघ ५,

भारतको कोलकत्ता सियालदह जिल्ला अदालतले आरजीकर मेडिकल कलेजमा ३१ वर्षीया ट्रेनी डाक्टरको बलात्कारपछि हत्या गरेको अभियोगका मुख्य आरोपी सञ्जय रायलाई दोषी ठहर गरेको छ। न्यायाधीशले रायलाई दोषी ठहर गर्ने क्रममा भने, ‘तिमीले सजाय पाउनै पर्दछ।’ अदालतले २० जनवरीको सजाय सम्बन्धी फैसला गर्नेछ। त्यसबेलासम्म रायलाई न्यायिक हिरासतमा पठाइएको छ। न्यायाधीश अनिर्बान दासको एकल इजलासले भारतीय न्याय संहिताको धारा ६४ (बलात्कार सम्बन्धी सजाय) धारा ६६ (मृत्युको कारक सजाय) र १०३ (हत्या) अनुसार दोषी ठहर गरेको हो। जिल्ला अदालतले मुद्दा सुरु भएको ५७ औँ दिनमा फैसला सुनाएको हो । गत ९ अगस्टमा महिला ट्रेनी डाक्टरको शव आरजीकर अस्पतालको सेमिनारहलमा अर्धनग्न अवस्थामा भेटिएको थियो । त्यसपछि सो घटनाले देशव्यापी विरोधको प्रदर्शन भएको थियो। सीबीआईले आफ्नो आरोपमा रायलाई मुख्य आरोपी ठहर गर्दै मृत्युदण्डको सजाय माग गरेको थियो । कोलकत्ता पुलिसले सीसीटीभी फुटेज तथा घटनास्थलको विवरणको आधारमा सञ्जय रायलाई गिरफ्तार गरेको थियो। कोलकत्ता उच्च अदालतको आदेश अनुसार सीबीआईले यो केशलाई आफूले लिएर अनुसन्धान अघि बढाएको थियो।

Like