अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

याेगी नरहरिनाथ अभिनन्दन ग्रन्थ’ लोकार्पण

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ३०,

मुलुकमा सिद्ध धर्म सङ्घको आयोजनामा ‘याेगी नरहरिनाथ अभिनन्दन ग्रन्थ’ काे लाेकार्पण भएकाे छ। १ सय ५० विद्वान्-विदुषीकाे विविध लेख रहेकाे कतिकाे प्रधान सम्पादक डा. स्वामी रामकृष्ण प्रपन्नाचार्य र दोस्रो परिमार्जित संस्करण सम्पादक डा. गोविन्द टन्डन रहेका छन्। कार्यक्रम सभापति पञ्च सत्य सनातन सिद्ध धर्म सङ्घ अध्यक्ष प्रमुख अतिथि १००८ अनन्त विभूषित महामण्डलेश्वोर गलेश्वोरपिठाधिस स्वामी आत्मनन्द गिरि महाराज विशेष अतिथि डा. चिन्तामणि योगी, माननीय सभापति किरणकुमार शाह महिला तथा सामाजिक मामिला समिति संघीय संसद् सचिवालय, साहित्यकार रमा शर्मा, भरत जङ्गम भ्रष्टाचार उन्मुलन अभियान अभियन्ता, महात्मा सुशील पाशुपत योग प्रवर्द्धकहरूको गरिमामय उपस्थित थियाे। डा. गोविन्द टन्डनले स्वागत मन्तव्य प्रस्तुत गरेकाे उक्त कार्यक्रममा ढकाल राधेश्यामले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। योगीजी र डा. स्वामीका निकटस्थ व्यक्तित्त्वहरूले उनीहरूले राष्ट्र, धर्म र दर्शनमा आजीवन पुर्‍याएको योगदान, त्याग र तपस्याको प्रशंसा गर्दै राष्ट्र गुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग राखेका थिए। बहुमुखी प्रतिभाका धनी योगीको जीवनको अनगिन्ती आयाम प्रकाशित गर्नुका साथै नेपाली मौलिकता र पहिचानका लागि चेतना जागरण अभियान आजको आवश्यकता हो भन्नेमा जोड दिएका थिए ।

Like