टर्कीएको इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा

Share to:

एजेन्सी,

विश्वमा टर्कीए र इजरायलबीचको विवाद उत्कर्षमा पुगेको छ। टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्। उनले गाजामा गरिएको नरसंहारका लागि इजरायली प्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याए। साथै उनले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध जारी मुद्दामा हस्तक्षेप गर्दै हतियार प्रतिबन्धको वकालत टर्कीले गरिरहेको पनि जानकारी दिए। उनले साउदी अरब र अजरबैजानको भ्रमण पछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै इजरायलसँगको सबै प्रकारको सम्बन्ध अन्त्य गरेको बताए। यसअघि टर्कीएले गत मे महिनामा इजरायलमाथि व्यापारिक प्रतिबन्ध लगाएको थियो। गाजामा इजरायलको आक्रमण पछि दुबै देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको हो।

Like