नगरपालिकाकी उप प्रमुख सरिता सिहंको सालिक स्थापाना

Share to:

टिकाराम सिंह/जाजरकोर्, कार्तिक १७,

मुलुकमा जाजरकोट भुकम्पमा परि ज्यान गुमाएकी नलगाउ नगरपालिकाकी उप प्रमुख सरिता सिहंको सालिक स्थापाना गरिएको छ । २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भुकम्पमा परि उपप्रमुख सिंहको ज्यान गएको थियो । उहाँको सम्झनामा परिवारको निजि खर्चमा सालिक निर्माण गरिको हो । पारिवारिक सदस्यहरुका अनुसार सालिक र सालिक स्थल निर्माण गर्न ३ लाख भन्दा बढी खर्च भैसकेको छ भने अझै सालिक रहेको स्थानको सुरक्षाको लागि घेरवारलगायतको काम बाँकी रहेकोले खर्चको एकिन बिबवण अझै आईसकेको छैन । अहिले परिवारले आफ्नै खर्चमा निर्माण गरेको र नगरपालिकाले खर्च उपलब्ध गराउने आश्वासन दिए पनि आधिकारिक निर्णय गरिनसकेको जानकारी दिएका छन । सालिकको स्थापना तथा अनवरण कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका पार्टी जिल्लासभापती एबं जाजरकोट जिल्लाका कर्णाली प्रदेश सांसद बेदराज सिंहको प्रमुख आतिथ्यतामा रहेको थियो । उक्त कार्यक्रमा बोल्ने बक्तालगायत सांसद सिंहले सरिता सिहं अति मिलनसार, सहनशील, बिकास प्रेमी र जनताको हितमा काम गर्ने व्यक्ति भएको टिप्पणी गरेका थिए । त्यस्तै सरिता सिंह नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि भए पनि जनताको काम गर्न यो पार्टी र त्यो पर्टी नभनी सम्पूर्ण जनतामा विभेदरहित समान ब्यवहार गर्ने स्वभाव रहेको भन्दै अब यहि मंसिर १६ गते हुने उप निर्वाचनबाट आउने प्रतिनिधिले समेत स्वर्गीय सरिताको ब्यबहारिक अनुसरण गर्नु पर्ने धारणा राखेका थिए।

Like