अन्य थपखेलकुदमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ गोलको वर्षा

Share to:

एजेन्सी/ज्येष्ठ २६,

विश्वमा हालै रुसको मस्को बाहिर क्षेत्रमा रहेको लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्सस्थित फुटबल ग्राउन्डमा विश्वको सबैभन्दा लामो फुटबल खेल भयो । यो खेल २६ घण्टासम्म चलेको थियो । खेल शनिवार मध्याह्न सुरु भएर २६ घण्टापछि आइतबार दिउँसो २ बजे सकिएको थियो । यसअघि सबैभन्दा लामो फुटबल म्याचको रेकर्ड सन् २०१४ मा बनेको थियो । गएको शनिवार ‘अल रसियन फुटबल डे’ को उत्सव मनाउन ७ खेलाडीसहितका २ टोली अहिलेसम्मकै सबैभन्दा लामो खेलको रेकर्ड तोड्न लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्समा भेला भए । त्यतिबेला दुई ओटा टोलीले लगातार २४ घण्टासम्म खेलेका थिए । यस पटकको खेलमा कूल ८ सय २५ गोल भएका थिए । खेलमा रेड टिमले ४१६ गोल गर्दा हवाइट टिमले ४०९ गोल गर्‍यो । खेल ७ विरुद्ध ७ को ढाँचामा खेलिएकोले यसलाई औपचारिक रूपमा फुटबल खेल मानिएन । यो रेकर्ड गिनिज रेकर्डमा पनि लेखिने छैन । तर रसियन बुक अफ रेकर्डमा भने यो खेलले आफ्नो रेकर्ड बनाएको छ । २६ घण्टाको अवधिमा खेलाडीहरूले लगातार २ घण्टासम्म खेलेर त्यसपछि ८ मिनेटसम्म ट्वाइलेट जानका लागि ब्रेक लिएका थिए ।

Like