क्यासिनो प्यालेसमा सिलबन्दी

Share to:

रासंसा/काठकाठमाण्डौ, ज्येष्ठ २४,

मुलुकमा राजधानीको दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान विभागको संयुक्त टोलीले सिलबन्दी गरेको छ। त्यस क्रममा क्यासिनो प्यालेसले राजश्व छली गरेको एक करोड भन्दा बढी नगद बरामद भएको राजश्व विभागसँगै रहेका सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिए। बिहीबार साँझ सशस्त्र प्रहरी, इन्टेलिजेन्स विभागको सहयोगमा राजश्व अनुसन्धान विभागले क्यासिनोमा छापा मारेको थियो। साथै क्यासिनोबाट ल्यापटप र डिजिटल स्लिपसमेत बरामद गरिएको उनले जनाए।

Like