विपक्षी दलहरू संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकमा संसद बैठक अघि नेपाली कांग्रेसलगायत विपक्षी दलहरूबीच छलफल सुरु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ। कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन्। उनीहरूको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन। आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफलमा छन्। गठित समितिको कार्यदलको पनि बैठक अहिले जारी छ।

Like