प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिँदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ४,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्री दाहाललाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ। २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेपछि चौथो पटक उनले विश्वासको मत लिन लागेका हुन्।वर्तमान सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र अशोक राई नेतृत्त्वको जनता समाजवादी पार्टी रहेका छन्।

Like