निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु, उपेन्द्र यादवको रिटमा सर्वोच्चले जनायो
रासंसा/काठमाण्डौ, ज्येष्ठ २,
मुलुकमा सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले जेठ ८ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्च अदालतका न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।


Like