आज विश्व औँलो दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १३,

मुलुकमा सन् २००७ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रूपमा मनाउने क्रम सुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाइन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेर सू-सूचित गर्ने गर्दछन् । लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ‘औँलो’ विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । औँलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाई बाट औँलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको सङ्क्रमण रहेको पुष्टि गरेको छ ।
मलेरिया विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको सङ्क्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. सङ्क्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरू यस रोगको उच्च जोखिममा रहन्छन् । आशालाग्दो कुरा के हो भनेँ समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापि विकासोन्मुख देशका नागरिकहरूमा यसबारे देखिएको चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशातीत घट्न सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया सङ्क्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाई सकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ । मलेरियाको रोकथाम कालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण छ । घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।
Accelerate the fight against malaria for a more equitable world”
समानतापूर्ण संसारको लागि मलेरिया विरुद्धको लडाईलाई तीव्र पारौं भन्ने अर्थ लाग्दछ । भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ, मलेरियाका कीटाणुहरू शरीरमा प्रवेश पछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै कीटाणुले मूल रक्त प्रवाहमा छिरेर यिनीहरूले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, हामी सबै जना सतर्क हुन जरुरी छ ।

Like