मुख्यमन्त्रीको दाबी पेस गर्न सुदूरपश्चिममा १० दिनभित्र प्रदेश प्रमुखको आह्वान

Share to:

रासंसा/कैलाली, चैत्र २४,

मुलुकमा सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् । धारा १६८ (५) को सरकार बनाउन आह्वान गर्दा पनि सरकार बन्ने ठोस आधार नदेखिएपछि मध्यावधिमा जान नदिन के गर्न सकिन्छ भनेर शुक्रबार पनि प्रदेश प्रमुखले कानुनी परामर्श लिएका हुन् । अधिकांशले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाइसकेकाले १६८ (५) को सरकार बनाउनैपर्छ भन्ने बाध्यता नभएको भन्दै उपधारा २ तर्फ फर्कन सुझाव दिएका थिए । प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै काुननी परामर्श लिएका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढूंगानाका अनुसार प्रदेश प्रमुखले बिहीबारदेखि नै कानुनी परामर्श सुरु गरेका थिए । सोहि सुझावका आधारमा प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २०८१ बैशाख २ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । बिहीबार नागरिक उन्मुक्तिकै दुई सांसद अनुपस्थित भएपछि शाहले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्र सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाको बहुमतका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा शुक्रबार प्रदेश प्रमुख मियाँले स्वीकृत गरी अर्को मुख्यमन्त्री नहुँदासम्म प्रदेशको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकिसकेका छन् । अहिले नागरिक उन्मुक्तिले पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री मागेको छ । खास गरी पार्टी संरक्षक रेशमलाल चौधरीले मुख्यमन्त्री मागेका हुन् । नागरिक उन्मुक्ति संसदीय दलका नेता धनश्याम डगौरा थारूले यस’bout केन्द्रीय कमिटी बैठकले नै निर्णय गर्ने बताएका छन् ।

Like