अलपत्र १३ नेपाली उद्धार थाइल्याण्डमा, आज नेपाल ल्याइयो

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ९,

मुलुकमा थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो । विज्ञप्तिमा भनिएको छ,’उल्लेखित १३ नेपाली नागरिकहरूलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाई म्यान्मार सीमा पार गराई थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैङ्कक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौँ पठाइएको छ ।’ थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जनाएको छ ।

Like