समलैङ्गिक विवाहलाई ग्रीसले कानूनी मान्यता दियो

Share to:

एजेन्सी,

ग्रीस सरकारले समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने निर्णय गरेको छ। समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई मुलुक पनि बनेको छ। प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोतेकिसले नयाँ कानूनले समाजमा रहेको गम्भीर असमानतालाई अन्त्य गर्नमा मद्दत पुग्ने बताएका छन्। बीबीसीका अनुसार ग्रीसको संसदमा १७६ मध्ये ७६ मत समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने प्रस्ताव पारित भएको हो। ग्रीसमा अब समलैङ्गिक जोडिले कानूनी रूपले बच्चा पनि एडप्ट गर्न सक्नेछन्। तर, ग्रीसमा उक्त नयाँ कानूनलाई लिएर अर्थोडक्स चर्चले विरोध गरेको छ।

Like