महायज्ञको चौथो एकै दिनमा ४२ लाख रुपैयाँ बढी संकलन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ०६,

मुलुकमा नेपालको पहिलो समावेशी गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौमा सञ्चालन भइरहेको महायज्ञका चौथो दिनमा मात्रै ४२ लाख ८५ हजार ५ सय ६७ भन्दा बढि सहयोग जुटेको आयोजकले जनाएका छन् । शुक्रबार गुरुकुलका सस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले २५ लाख सहयोग गरेकी छन् । गुरुकुलमा अन्य दानदिने दाताहरु पनि थपिदै गएकी छन् । लिला विक्रम थापा र मानकुमारी थापा ललितपुरबाट रु ३१ हजार ५ सय ५, ज्योती कार्की लाजीम्पाटबाट रु २५ हजार १ सय २५ रमा गुरागाई बालुवाटार काठमाडौबाट रु २५ हजार १ सय, दिपराज रावत सिमरा २ बाराबाट रु २५ हजार नृपेन्द्र लोहनी भरतपुर १० बाट रु २५ हजार बिना कुमारी पोखरेल काठमाडौ बतिसपुतलीबाट रु २५ हजार ५ सय ५५ , सनत कुमार गोकणेश्वरबाट रु २५ हजार १ सय २५ लगायत विभिन्न महानुभावहरुले महायज्ञको चौथो दिन मात्रै धन्यै ४३ लाख रकम संकलन भएको महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले जानकारी दिए । उनका अनुसार शुक्रबारसम्म ९८ लाख रकम संकलन भएको छ । कार्यक्रमका संयोजक डा. गोविन्द टन्डनले पनि रु ५ लाख सहयोग गरेका छन् । यसैगरी महायज्ञमा श्री कृष्ण गायत्री सम्वृद्धि प्रतिष्ठान दाङ घोराहीबाट २ लाख रुपैयाँ, कृष्णप्रसाद वली र मीरा वली भरतपुर १० बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ज्यो. तान्त्रिक गुरु हरि बोहरा कपन १३ काठमाडौबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सुशिला आचार्य चाहबिलबाट १ लाख १५ हजार, सरला ढकाल, एकान्तकुना काठमाडौबाट १ लाख १५ हजार रुपैयाँ सहयोग रकम शुक्रबार संकलन भएको जनाइएको छ ।

Like