मातृकाको व्यङ्ग्यदेखि अराजकताको चर्चासम्मको माओवादी इन्चार्जहरूको रिपोर्ट

Share to:

रासंसा/काठमाण्डौ, माघ २८,

मुलुकमा नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा १० वटै प्रदेशका इन्चार्जले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका छन् । सुदूरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएकाले प्रदेश अध्यक्ष हरिराम चौधरीले रिपोर्टिङ गरेका थिए । साथै १० वटै प्रदेशका अध्यक्षले राजनीतिक, सांगठनिक र जनपरिचालन सम्बन्धमा रिपोर्टिङ गरेका थिए । काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा जारी बैठकमा प्रदेश इन्चार्जहरुले आफ्नो प्रदेशको समीक्षात्मक रिपोर्ट पेस गरेका हुन् । उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानको समग्र अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

Like