योङ कम्युनिस्ट लिग नेपाल ब्यास नगर समितिको दोस्रो अधिवेशनबाट श्रीकृष्ण बराललाई अध्यक्ष पदमा सर्वसहमत निर्वाचित
अन्जनराज न्यौपाने/पौष २८,तनहुँ ।
योङ कम्युनिस्ट लिग नेपाल ब्यास नगर समितिको दोस्रो अधिवेशनले श्रीकृष्ण बराललाई अध्यक्ष पदमा सर्वसहमत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षहरुमा नारायण पौडेल ,धनबहादुर सुनार र लेखबहादुर थापानिर्वाचित भएका हुन्।


यस्तै नगर सचिवमा रामु दरै निर्वाचित भएका हुन। समितिको सह सचिवहरुमा शिव थापा विजयजंंग गिरी
सर्व सहमतरुपमा निर्वाचित भए भने कोषाध्यक्ष पदमा सफल श्रेष्ठ निर्वाचित भएका छन।
यसैगरी समितिको सदस्य पदमा क्रमश जुन बहादुर गुरुङ ,किरण थापा विमल नेपाली ,एकलाल दरै सुरज कुमाल ,टेकबहादुर आले ,दिने गुरुङ ,सरोज दरै रहेका छन।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी गण्डकी प्रदेश समिति सहसचिव अतिन्द्र केशरी न्यौपाने,
योङ कम्युनिस्ट लिगका गण्डकी प्रदेश अध्यक्ष शरण सापकोटा,नेपाल कम्युनिस्ट पार्टीका नगर समितिका अध्यक्ष रामचन्द्र सापकोटा, नेपाल कम्युनिस्ट पार्टी माओवादी नगर कमिटीका उपाध्यक्ष गोपाल सुर्खाली, नेकपा माओवादी नगर समितिका सहसचिव एचबि मगर,जेष्ठ कम्युनिस्ट मन्च गण्डकी प्रदेश सचिव काशीनाथ गौली,अखिल क्रान्तिकारीका गण्डकी प्रदेश उपाध्यक्ष डम्बरबहादुर बिक र योङ कम्युनिस्ट लिग तनहुँका अध्यक्ष बादल आले ले निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए भने कार्यक्रम योङ कम्युनिस्ट लिग ब्यास नगरका अध्यक्ष निर्दोष भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियोे ।

