लन्डनमा प्यालेस्टिनी जनताको समर्थनमा हजारौँको जुलुस

Share to:

एजेन्सी,

प्यालेस्टिनी जनताको समर्थनमा मध्य लन्डनमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । यो नयाँ वर्षको सबैभन्दा ठुलो प्रदर्शन हो। गाजामा बाल शरणार्थी समस्यामा ध्यानाकर्षण गर्दै प्रदर्शनकारीहरूले लिलित अमल नामक सिरियाली बाल शरणार्थीको विशाल पुतलाको साथ मार्च गरिरहेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्यालेस्टिनी जनताको समर्थनमा आज विश्वका ३० देशमा प्रदर्शन भइरहेको आयोजकले बताए । प्रदर्शनकारीहरूले गाजामा तत्काल पूर्ण युद्धविरामको माग गरिरहेका थिए र ‘अब युद्धविराम’ नारा लगाएका थिए।

Like