गएको वर्षले विश्वलाई आशा होइन, मात्रै निराशा दियो, सन् २०२३ मा संसारैभर युद्धको प्रभाव रह्यो
रसंसा/काठमाण्डौ, पौष २१,
विश्वमा कोभिड–१९ महामारीले बिट मार्दै थियो । मान्छेले सोचेका थिए– बल्ल आनन्द भयो । भर्चुअल जिन्दगीबाट निस्केर मान्छेहरू हिँड्न, डुल्न र भेटभाटतिर लागे । तर, सन् २०२२ फेब्रुअरी– २४ मा भएको एक अप्रिय घटनाले संसारमा फेरि कालो बादल मडारियो । रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । सन् २०२२ को त्यस घटनाले सन् २०२३ मा झन् ठूलो समस्या निम्त्यो । एक वर्षपछि नेपालमा महँगी मात्रै आइपुगेन, रुस–युक्रेन युद्धमा नेपालीको ज्यान गएको सन्देश पनि आयो । २०२३ मा रुसी सेनामा गैरकानुनी रूपमा काम गर्न गएका नेपालका ७ नेपाली मरेको सन्देश आइपुग्यो भने रुसी सेनाको प्रतिनिधित्व गरी युद्धमा गएका ४ नेपाली युक्रेनी सेनाको कब्जामा रहेको जानकारी प्राप्त भयो । सन् २०२४, जनवरी– २ सम्म आइपुग्दा १० नेपालीले रुस–युक्रेन युद्धमा ज्यान गुमाइसकेका छन् । तर, त्यसको असर लामो दूरी पार गरी मस्को र किभदेखि नेपालसम्मै आइपुग्यो । युद्धकै कारण नेपालमा रासायनिक मल, गहुँ र इन्धनको मूल्य वृद्धि भयो । युक्रेनलाई अन्नको भण्डार मानिन्थ्यो । युक्रेनले सबैभन्दा बढी निर्यात गर्ने वस्तुमध्येमा थियो– अन्न । रुस पनि इन्धन र रासायनिक मलको भण्डारै हो । युद्धको परिणाम, संसारकै आपूर्ति प्रणालीमा असर पुग्यो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेलेस्कीले नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) मा सहभागिता जनाउने निर्णय गरेपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । युद्ध चलेको दोस्रो वर्ष भइसक्दा पनि न युक्रेनले नेटोको सदस्यता पायो, न पुटिनले युक्रेनमाथि आक्रमण गर्न छाडे । २०२३ मा रोकिएला कि भन्ने थियो, रुस–युक्रेन युद्ध झन् बल्झियो । हमासको आक्रमणपछि प्रतिउत्तरमा इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा हजारौं मानिस मरेका छन् भने लाखौं घरबारविहीन भएका छन् । हमासले त्यक्तिकै आक्रमण गरेको होइन भन्ने अभिव्यक्ति दिएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको इजरायलले खुलेर विरोध गर्यो । एकातर्फ रुस–युक्रेन युद्धले विश्वलाई नै ध्रुवीकरण गरिरहेको थियो । र, यो रोक्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने संयुक्त राष्ट्रसंघ (यूएन) को क्रियाकलापमाथि नै प्रश्न उठिरहेको थियो । त्यस्तो बेला अक्टोबर ७ मा प्यालेस्टाइनको हतियारधारी पार्टी हमासका विद्रोहीले इजरायलमाथि आक्रमण गरे, जसमा १२ सय मानिसको ज्यान गयो । कृषि पढ्न र कमाउन इजरायल पुगेका १० नेपाली युवाको पनि मृत्यु भयो । २०२३ को अन्त्यसम्ममा नेपालका युवा विपिन जोशी हमास विद्रोहीकै कब्जामा छन् । जोशी रिहा गर्न नेपाल सरकारले कतार सरकारमार्फत् पटक–पटक पहल गरे पनि त्यो सफल हुन सकेको छैन । हमास–कतारको सुमधुर सम्बन्ध छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ । त्यो युद्ध रोक्न न कुनै शक्तिराष्ट्रले प्रयास गरेका छन्, न यूएन नै रोक्न सक्ने अवस्थामा छ । सुरक्षा परिषद्का पाँच स्थायी सदस्य (बेलायत, अमेरिका, रुस, चीन र फ्रान्स) को व्यवहार र उनीहरूले प्रयोग गर्ने भिटो पावर (१५ सदस्यीय सुरक्षा परिषद्मा यी ५ मध्ये कुनै एक देशले मात्र नमानेमा कुनै पनि प्रस्ताव अघि बढ्न नसक्ने प्रावधान) तथा आ–आफ्नै भूराजनीतिक–सामरिक स्वार्थका कारण यूएन वर्षैभरि खुम्चिएर रह्यो । केही वर्षअघिसम्म संसारका बलिया सात मुलुकको संगठन जी–७ प्रभावशाली थियो । तर, २०२३ मा आउँदा उक्त जी–७ को शक्ति संसारका ठूला अर्थतन्त्र र अरू प्रभावशाली मुलुक जी–२० मा बाँडियो । जी–२० को अध्यक्ष बन्यो, भारत । भारतले विश्वका शीर्ष नेतालाई नयाँदिल्लीमा स्वागत पनि गर्यो । सेप्टेम्बर ९–१० मा भएको कार्यक्रममा भारतले आफू ग्लोबल साउथको नेतृत्वकर्ता रहेको सन्देश जी–२० को मञ्चबाट दियो । भारतले जी–२० मा ‘प्लस अफ्रिककी युनियन’ लाई पनि सम्मिलित गर्यो । भारतको बढ्दो प्रभाव कम गर्न छिमेकी चीनले भने जी–२० भन्दा ब्रिक्स समूहलाई बढी जोड दियो । भारत, ब्राजिल, रुस, दक्षिण अफ्रिका र चीन सम्मिलित ब्रिक्सको १५ औं शिखर सम्मेलन दक्षिण अफ्रिकामा अगस्ट २२ मा भयो । तर, अचम्मको के भने जी–२०, ब्रिक्स र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा भारत र चीन नै सस्दय छन् । उनीहरूकै कारण पनि यी संगठनका भेलामा केही न केही समस्या परिरह्यो । राजनीतिक विश्लेषक हरि शर्मा २०२३ लाई अन्तर्राष्ट्रिय मञ्चमा युद्ध र द्वन्द्वको पुनरावृत्तिको वर्षका रूपमा सम्झन्छन् । ‘युक्रेन युद्धले विश्वलाई नै तनावमय बनाइदियो, जुन चलिरहेकै छ । इजरायल–हमासबीचको युद्ध पनि तुरुन्तै निरूपण भएन भने मध्य एसिया (पश्चिम एसिया) देखि सबै विषय अशान्त हुन्छ,’ शर्मा भन्छन्, ‘सन् १९९० को दशक सामान्यत: शान्त दशक रह्यो । तर, पछिल्लो कोभिड–१९ र त्यसपछि यी दुई युद्ध तथा अमेरिका–चीनको नयाँ शीतयुद्धले फेरि युद्ध र द्वन्द्वको पुनरावृत्ति गराएको छ ।’ भारतको उदय पनि भूराजनीतिक कारणले भएको देखिन्छ । चीनसँग अमेरिकाको सम्बन्ध चिसिँदै गएपछि भारतसँग उसको सम्बन्ध बढ्न थाल्यो । रुस र भारतको सम्बन्धचाहिँ पुरानो छ । सन् २०२३ को अन्त्यमा भारतका विदेशमन्त्री एस. जयशंकरले रुस भ्रमण गरे । रुस–भारतको सम्बन्धमा खासै परिवर्तन भएको छैन । तर, चीन र रुस पनि नजिक आइरहेको परिस्थितिमा भारत–रुसको सम्बन्ध कस्तो हुन्छ ? त्यसको असर भविष्यमा पक्कै देखिएला । किनभने भारत–चीन दुई परस्पर विरोधी खेमामा छन् । ‘रुससँग भारत सुरक्षा सामग्रीमा निर्भर भएकाले त्यस्तो देखिन्छ । रुससँग त पुरानो प्रविधि नै छ । रुसका ती प्रविधि कत्ति महत्त्वपूर्ण छन् ? त्यो युक्रेन युद्धमा देखिएको छ । किनभने रुसलाई अहिले चीनले सहयोग गरेको छ । त्यसकारण रुस–भारत र चीनबीचको सम्बन्धमा चाहिँ वर्णन गर्न असजिलो किसिमको छ,’ शर्मा भन्छन् । चीन–अमेरिकाबीच गत वर्ष पनि लगातार द्वन्द्व कायम रह्यो– विशेषगरी ताइवान मामिला र व्यापार युद्धसम्म । त्यसका बाबजुत चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमण गरे । उनले सानफ्रान्सिस्कोमा नोभेम्बरमा भएको चीन–अमेरिका समिटमा सहभागिता जनाए । त्यसबेला उनले राष्ट्रपति बाइडेनसँग पनि भेट गरे । त्यस भेटवार्ताका पछि पनि यी दुई मुलुकबीच शीतयुद्ध चलिरहेकै छ । अवकाशप्राप्त उपरथी विनोज बस्न्यातको विचारमा, जसरी अमेरिका र चीन आ–आफ्नो प्रभाव बढाउन अघि बढिरहेका छन्, त्यसको असर संसारभरै परेको छ । भू–राजनीतिक जानकार चन्द्रदेव भट्ट भने रुस–युक्रेन युद्ध जारी नै रहेकाले विश्वमा थप भूराजनीति धुवीकृत भएको ठान्छन् । भन्छन्, ‘रुस र तथाकथित डेमोक्र्याटिक क्याम्प भन्ने देखियो । अर्कोतर्फ रुस र चीन एउटै बिन्दुमा आए । ती दुवैबीच भारतले दुवैतर्फ सन्तुलन गर्न खोज्यो । भारतलाई हेर्न हो भने दुई क्याम्पबीच उसले आफूलाई अर्को अर्थात् तेस्रो क्याम्पको रूपमा स्थापित गर्यो ।’ चीनले सन् २०२३ मा पाएको सबैभन्दा ठूलो सफलता हो– पश्चिम एसियामा साउदी अरब र इरानबीच शान्ति स्थापना । यसले देखाउँछ– अब चीन पनि विश्वमा एक शक्तिको रूपमा उदाइरहेको छ । चीनले साउदी अरबसँग सम्बन्ध त बढाइरहेकै छ । तर, यो पनि सत्य हो कि साउदीको पुरानो सामरिक साथी हो– अमेरिका । साउदीको रक्षासामग्री अमेरिकामा निर्भर छ । अफ्रिकी मुलुकको पूर्वाधार विकासमा निकै खर्च गरेको छ, चीनले । शर्मा भन्छन्, ‘विश्वस्तरमा चीनको उदयले पार्ने प्रभावचाहिँ नदेखिए पनि त्यो छिटो गतिमा छ । र, त्यो पूर्ण रूपमा देखिएको छैन । हिजोझैं उपनिवेशिक शक्तिसँग निर्भर हुने शक्तिहरू अहिले चीनसँग नजिक हुन थालेका छन् । अमेरिकाजस्तो शक्तिशाली भइसकेको छैन चीन, तर त्यसको प्रभाव देखिन थालिसकेको छ ।’ (जीडीआई) लाई बढी महत्त्व दिन थालेको छ । चीनले सन् २०२३ मा पनि त्यही रणनीति अपनाएको छ । चीनले सुरक्षा मामिलामा जीएसआई, विकासको मामिलामा जीडीआई र संस्कृति तथा पर्यटन मामिलामा जीसीआईलाई अघि बढाएको हो । चीनले साउदी र इरानलाई एकै ठाउँमा ल्याउने काम गरेको छ । त्यसलाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) अन्तरगतको पहल भनेको छ । पछिल्लो समय चीनले सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (पहिला वान बेल्ट वान रोड थियो र सन् २०१५ मा नाम परिवर्तन गरियो) भन्दा जीएसआई, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ वर्ष २०२३ को अफ्रिकालाई हेर्ने हो भने त्यहाँ नयाँ किसिमको राजनीतिक घटनाक्रम देखियो । केही वर्षदेखि पश्चिम र मध्यअफ्रिकामा भइरहेको ‘सैनिक कु’ यसपल्ट पनि प्रभावशाली देखियो, जसले फ्रान्स र अफ्रिकी शक्तिबीचको द्वन्द्वलाई झन् बल्झाइदियो । त्यसको मुख्य उदाहरण नजिरमा देखियो, त्यहाँ जुलाईमा ‘कु’ भयो । लामो समयदेखि बस्दै आएका फ्रेन्च सेना त्यस मुलुकबाट लखेटिए । निजरपछि गाबोलमा पनि ‘कु’ भयो । पछिल्ला ३ वर्षमा अफ्रिकाका ती क्षेत्रमा मात्रै ७ ‘कु’ भइसकेका छन् । समग्रमा वर्ष २०२३ मा संसारैभर युद्ध–द्वन्द्वको प्रभाव रह्यो । यसले विश्वलाई आशा होइन, निराशा र केवल निराशा दियो ।
भू–राजनीति जानकार भट्टको विश्लेषण छ– अफ्रिकामा युरोपेली शक्तिहरू कमजोर देखिए । उनको विचारमा पहिलेझैं अमेरिकी, युरोपेली र ग्लोबल साउथको शक्ति अहिले छैन र युरोपेली शक्ति कमजोर भएको छ । ‘सन् २०२२ मा युरोपमा रुस–युक्रेन युद्ध सुरु भयो, जुन २०२३ मा पनि रह्यो । चीनसँग युरोपको सम्बन्धमा जुन किसिमको गतिशीलता हुनुपर्ने हो, त्यो हुन सकेन,’ भट्ट भन्छन् ।
